Techie IT
२०८२ वैशाख ८, सोमबार

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा पूर्ण समर्पण राख्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेको छ।


प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेको छ। यसैले, पार्टीका सबै तहका नेता र कार्यकर्तालाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन उनले आग्रह गरेका छन्। 

शनिबार नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा सम्पन्न 'स्थानीय तहमा जनसंगठन सुदृढीकरण' विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले केही तत्वहरू परिवर्तनको सारथि एमालेलाई कमजोर पार्ने प्रयासमा रहेका टिप्पणी गरे। 

"अहिलेको परिस्थिति जटिल छ। हामीलाई चारैतिर घेराबन्दी गरिएको छ। परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुल्ला आक्रमण गरिरहेका छन्। सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षधरहरूले यसरी उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन," प्रधानमन्त्री ओलीले भने। उनले थपे, "नकारात्मक माहौल सिर्जना गर्न जानी नजानी केही व्यक्तिहरूले झुठ, भ्रम र षड्यन्त्रको सहारा लिएका छन्। यिनीहरूले काम र मेहनत नगरी, भएका राम्रो कामको उल्टो प्रचार गरेर काम चलाउँछन्।"

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै ओलीले नेकपा (माओवादी केन्द्र)को मत घट्ने र आउँदो निर्वाचनमा चार-पाँच लाखसम्ममा झर्ने अनुमान गरे। उनले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र समाधानमा ध्यान दिन बताए।

यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, र जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायतका नेता उपस्थित थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट