Techie IT
२०८२ वैशाख ११, बिहीबार

दक्षिण कोरियामा तेल ट्याङ्की विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते


Photo: Report

दक्षिण कोरियाको उल्सानस्थित तेल भण्डारण ट्याङ्कीमा सोमबार भीषण विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यो घटना राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे भएको हो ।

घटनास्थलमा रहेका एक कामदारलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

ट्याङ्कीको माथि रहेको ह्याच खोल्दै पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विस्फोट भएको अनुमान गरिएको छ । विस्फोटसँगै आगलागी भएपछि दमकलको ठूलो टोली घटनास्थलमा परिचालित गरिएको थियो ।

आगलागी नियन्त्रण गर्न झण्डै तीन घण्टा लागेको थियो । ट्याङ्की वरिपरि लुब्रिकेन्ट, बायोडिजेल तथा अन्य पेट्रोकेमिकल पदार्थ भरिएका चार–पाँच वटा ट्याङ्की रहेका थिए ।

अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट