Techie IT
२०८२ वैशाख ११, बिहीबार

international

बङ्गलादेशमा ‘अपरेसन डेभिल हन्ट’: पूर्व प्रधानमन्त्री शेख हसिनासँग जोडिएको गिरोह विरुद्ध कारबाही, १३०० भन्दा बढी पक्राउ


ढाका — बङ्गलादेश सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित गिरोहविरुद्ध ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाही सुरू गर्दै हालसम्म १३०८ जनालाई पक्राउ गरेको छ ।

गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले सत्ताच्युत हसिनाको समूहलाई ‘जरा नै उखेल्ने’ चेतावनी दिँदै यो अभियान जारी रहने बताएका छन् ।

प्रहरी प्रवक्ता इनामुल हक सागरले शनिबारदेखि सुरु भएको यो अभियान देशव्यापी रूपमा भइरहेको र अझै जारी रहने बताएका छन।फेब्रुअरीको सुरुवातमा हसिना नेतृत्वको विपक्षी दल आवामी लिगले आन्दोलन घोषणा गरेपछि सुरक्षा कारबाही तीव्र भएको हो ।

ढाकास्थित प्रधानमन्त्री कार्यालयमा भीडले आक्रमण गरेपछि पूर्व प्रधानमन्त्री हसिना हेलिकप्टरमार्फत् भारतको नयाँ दिल्ली भागेकी थिइन्। आक्रमणको छ महिनापछि प्रदर्शनकारीहरूले एक्स्काभेटर प्रयोग गरी हसिनाको परिवारसँग जोडिएका भवनहरू भत्काएका थिए ।

मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी ७७ वर्षीय हसिनाले भारतमा निर्वासनबाट फेसबुकमार्फत् समर्थकहरूलाई सम्बोधन गरेपछि सरकारको धरपकड झन् तीव्र भएको हो ।

हसिनाको पिता शेख मुजिबुर रहमानको संग्रहालय र घर ध्वस्त गरिएको घटनाले नागरिक अधिकारकर्मीहरूको आक्रोश निम्त्याएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले शान्तिका लागि अपिल गरे पनि गाजीपुरमा हसिना विरोधी समूहमाथि आक्रमण भएको थियो । सरकारले भने विद्यार्थी समूहमाथि भएको हिंसात्मक आक्रमणपछि कारबाही गरिएको दाबी गरेको छ।

सर्वोच्च अदालतका वकिल स्नेहद्री चक्रवर्तीले यो अभियानलाई ‘बेकारको लफडा’ भन्दै निर्दोष व्यक्तिहरूलाई निशाना बनाइएको आरोप लगाए। उनले भने, “यो अभियानले कानूनी व्यवस्था सुधार्ने होइन, झन् कमजोर पार्ने खतरा छ ।” सरकारले भने सुरक्षा तथा शान्ति कायम गर्न आवश्यक उपायहरू जारी राख्ने बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट