भारतमा रातो मच्छिन्द्रनाथबारे छलफल

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको विज्ञ टोली भारतको आसामस्थित गुहाटी विश्वविद्यालयमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार गुहाटी पुगेको छ ।
यो सम्मेलनले एक हजार चार सय वर्षअघि आसामको कामाक्ष कामारू क्षेत्रबाट काठमाडौँ उपत्यका ल्याइएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वमा केन्द्रित रहेर छलफल गर्दैछ ।
को–को छन् सहभागी?
महानगर प्रमुख महर्जनसँगै पर्यटन संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठ, वडा अध्यक्षहरू रूपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनलगायत सहभागी छन् ।
महर्जनका अनुसार यो सम्मेलनले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्याउनेछ। साथै, रातो मच्छिन्द्रनाथसँग जोडिएका किंवदन्ती र तथ्यहरूमाथि बहस गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण विकसित हुने विश्वास छ ।
पर्यटन संस्कृति समितिका संयोजक श्रेष्ठका अनुसार यो सम्मेलनले ललितपुरमा मनाइने रातो मच्छिन्द्रनाथ जात्रालाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ। "धार्मिक र सांस्कृतिक महत्त्व बुझ्न यो महत्वपूर्ण अवसर हो," उनले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस