Techie IT
२०८१ चैत्र २०, बुधबार

आदिम जीवको उत्पत्ति अन्तरिक्षबाटै भएको हुनसक्ने सम्भावना, यी हुन् केही अध्ययन तथ्य


जीवनको उत्पत्तिको रहस्य हामी मानव जातीहरूका लागि शताब्दीयौँदेखि चासोको विषय बनिरहेको छ । यस जगतमा प्रारम्भिक जीवको सुरुवात कसरी हुन पुग्यो ? भन्ने प्रश्नको ठोस जवाफ परम्परागत विचारका अतिरिक्त आधुनिक वैज्ञानिक युगमा समेत पाउन कठिन परिरहेको छ । 

विभिन्न कालखण्डमा भएका थुप्रै वैज्ञानिक परिक्षणहरूबाट पहिलो जीवको सुरुवाति अवस्य पनि प्राकृतिक रूपमै विभिन्न रासायनिक समिश्रणहरूबाट आरम्भ भएको भन्ने तथ्य प्रमाणित भैसकेको छ । तर, विवादरहीत भने छैन । केही वैज्ञानिकहरू भन्छन् कि जीवन पृथ्वीमै प्रारम्भ भएको थियो । 

पछिल्लो केही महत्त्वपूर्ण अध्ययनहरूबाट जीवको सृष्टिका लागि चाहिने अति आवश्यक कार्वनयुक्त यौगिक पदार्थहरू बाहिरी संसारबाट पृथ्वीमा आएको हुनसक्ने सम्भवनालाई संकेत गरिरहेको छ ।

जबकि अन्य अनुसन्धानहरूले जीव वा जैविक अणुहरू अन्तरिक्षबाट आएको हुनसक्ने सुझाव दिन्छन् । पछिल्लो केही महत्त्वपूर्ण अध्ययनहरूबाट जीवको सृष्टिका लागि चाहिने अति आवश्यक कार्वनयुक्त यौगिक पदार्थहरू बाहिरी संसारबाट पृथ्वीमा आएको हुनसक्ने सम्भवनालाई संकेत गरिरहेको छ । 

यस विचारधारालाई वैज्ञानिक क्षेत्रमा पान्स्पर्मिया या ब्रम्हाण्डवाद सिद्धान्त ( भन्ने गरिन्छ । यो सिद्धान्तअनुसार जीवनका अति महत्त्वपूर्ण जैविक अणुहरू उल्का, धूमकेतु वा अन्य खगोलीय वस्तुहरूसँग अन्तरिक्षबाट पृथ्वीमा आएका थिए र कालान्तरमा सोही जैविक अणुहरू नै विभिन्न प्रकारका जीवहरू उद्विकास भए । के जीवको उत्पत्ति सर्वप्रथम पृथ्वीदेखि बहिरी अन्तरिक्षमा नै भएको हो त ? यस विषयमा विचारविमर्श गरौँ ।

जीवनको उत्पत्तिका परम्परागत सिद्धान्तहरू :

विगतमा मानव सभ्यताको सुरुवाती समयमा जीवको उत्पत्तिको श्रेय स्वयं परमात्मा वा ईश्वरलाई दिने गरिन्थ्यो । पछि वैज्ञानिक सोचको आगमनसँगै जीवको उत्पत्तिसँग सम्बन्धित थुपै्र सिद्धान्तहरू प्रतिपादित भए । त्यस मध्ये अधिकांश मानिसहरू स्वतः सृष्टि भन्ने अवधारणामा विश्वास गर्थे । 

उनीहरू भन्थे कि जिवाणुहरू जस्तै साना जीवहरू निर्जीव वस्तुहरूबाट आफैं उत्पन्न हुन सक्छन् । तर, लुइस पास्चरले गरेको प्रसिद्ध प्रयोगले यो गलत साबित गर्यो । उनले देखाए कि यदि तरल पदार्थलाई राम्रोसँग उमालेर बन्द गरियो भने त्यहाँ कुनै जिवाणु विकसित हुँदैनन् । 

यस प्रयोगपछि वैज्ञानिकहरू जीवन निर्जीव पदार्थबाट उत्पन्न हुन सक्दैन भन्ने निष्कर्षमा पुगे । यसका अतिरिक्त कयौँ सिद्धान्तहरूद्वारा जीवनकोउत्पत्तिको वर्णन गर्न प्रयास गरिएको छ । तर, प्रमाण जुटाउन भने सकेका छैनन् ।

जीवनको सम्भावित उत्पत्तिको वैज्ञानिक प्रयोग :

सन् १९५२ मा स्ट्यान्ली मिलर र ह्यारोल्ड यूरीले पहिलो जीवको उत्पत्तिको अध्ययनको क्रममा एउटा ऐतिहासिक वैज्ञानिक प्रयोग गरे । उनीहरूले सर्वप्रथम प्रारम्भिक पृथ्वीको वातावरणसँग मेल खाने मेथेन, अमोनिया, हाइड्रोजन, र जलवाष्प, मिश्रित ग्यासलाई एक सिसा भाडोमा राखेर एक बन्द प्रणालीको निर्माण गरे । 

जब उनीहरूले यो मिश्रणलाई बिजुलीको चमकद्वारा ऊर्जा प्रदान गरे । त्यसको केही दिनमै त्यहाँ एमिनो एसिड निर्माण हुन पाइयो । उनीहरूको प्रयोगबाट बनेका ती एमिनो एसिडहरू वास्तवमा प्रोटिनका निर्माणका अभिन्न खण्डहरू हुन् । जसले जीवनको सुरुवाती विकासमा महत्वपूर्ण भूमिका खेलेका थियो । 

यही एक प्रयोगबाट पृथ्वीको आदिम कालमा कसरी अजैविक रासायनिक मिश्रणबाट जैविक अणुको जन्म हुन पुग्यो भन्ने तथ्य खुल्न आएको हो । त्यसैले यस प्रयोगलाई वैज्ञानिक जगतमा एक क्रान्तिकारी खोजको रूपमा लिने गरिन्छ ।

पान्स्पर्मिया सिद्धान्त र अन्तरिक्षमा जीवनको सम्भावना :

माथि उल्लेखित मिलर–यूरी प्रयोगले जीवन पृथ्वीमै उत्पन्न हुनसक्छ भन्ने देखाए तापनि पान्स्पर्मिया वा ब्रम्हाण्डवाद सिद्धान्तले जीवनको आधारभूत तत्वहरू पृथ्वी बाहिरबाट आएका हुनसक्ने कुरामा जोड दिँदै आएको छ । 

केही आलोचक वैज्ञानिकहरूका अनुसार आदिम पृथ्वीको वातावरण मिलर–यूरी प्रयोगमा भनिए जस्तो एक बन्द प्रणालीको रूपमा थिएन । यस्तो वातावरण सम्भवतः कुनै धूमकेतु, उल्कापिण्ड, वा पुच्छ्रे«ताराहरूको गर्भमा मात्र सम्भव हुन सक्छ । 

उसर्थ ती वैज्ञानिकहरूको विचारमा प्रारम्भिक एमिनो एसिड जस्ता जैविक अणहरू कुनै खगोलिय पिण्डहरूमा निर्माण भए र कुनै समय यस्ता पिण्डहरू पृथ्वीसँग ठोक्किन पुग्दा ती कार्बनिक अणुहरू पृथ्वीमा वितरण भएको हुन सक्छ ।

केही महत्वपूर्ण प्रमाणहरू :

१. मर्टन मेट्रोइड– सन् १९६९ मा अष्ट्रेलियामा खसेको यो उल्कामा अमिनो एसिड र अन्य कार्बनिक अणुहरू फेला परेका थिए ।

२. स्टारडस्ट मिसन– नासाले २००६ मा धूमकेतुबाट ल्याइएको नमूनामा कार्बनिक अणुहरू र एमिनो एसिड पत्ता लगायो ।

३. रोसेटा मिसन– सन् २०१४ मा युरोपियन स्पेस एजेन्सीले धूमकेतुमा ग्लाइसीन एमिनो एसिड फेला पर्यो । 

४. हालसालै सन् २०२३ मा, नासाको मिसनले बेन्नु नामक क्षुद्रग्रहबाट नमूनाहरू पृथ्वीमा फर्कायो । विश्लेषणहरूबाट ती नमूनाहरूमा प्रसस्त मात्रामा एमिनो एसिड र न्यूक्लियोबेसहरू रहेकोखुलासा भयो । जुन जीवनका लागि अति महत्त्वपूर्ण अणुहरू हुन् ।

यी सम्पूर्ण खोज एवम् प्रमाणहरूले अन्तरिक्षमा जीवनको आधारभूत अणुहरू पाइन्छन् र अन्तरिक्षका ती चट्टानहरूले पृथ्वीको सुरुवाती समयमा जीवनका लागि आवश्यक कच्चा पदार्थहरू पुर्याउन सक्छन् भन्ने अवधारणालाई समर्थन गर्दछ ।

प्रयोगशालामा गरिएको पान्स्पर्मियाका परीक्षणहरू :

पान्स्पर्मिया सिद्धान्तलाई जाँच्न वैज्ञानिकहरूले हालसम्म विभिन्न प्रयोगहरू गरेका छन् ।

१. टान्नर रोथरी प्रयोग– उनले अन्तरिक्षको जस्तै वातावरणमा डिएनए र आरएनए जस्ता अणुहरूलाई राखेर परीक्षण गरे। केही अवस्थामा, यी अणुहरू अन्तरिक्षको विकिरण र चरम तापक्रममा पनि बाँच्न सक्ने देखियो ।

२. प्रयोग– यो युरोपियन स्पेस एजेन्सीको प्रयोग थियो । जसले अन्तरिक्षमा रहेका सूक्ष्मजीवहरूलाई अन्तरिक्षको कठोर वातावरणमा कसरी बाँच्न सक्छन् भनेर अध्ययन गरेको थियो । कतिपय जीवाणुहरू अन्तरिक्षको विकिरण सहन सक्ने देखिए ।

३. नासा बायोस्फेयर टेस्ट– यसमा केही सूक्ष्मजीवहरूलाई कृत्रिम उल्कामा राखेर अन्तरिक्षमा पठाइयो । पृथ्वीमा फर्केपछि ती जीवहरू जीवित रहेको पुष्टि भयो ।

निष्कर्ष :

पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने कुरा अझै वैज्ञानिक छलफलको विषय हो । तर, मिलर–यूरी प्रयोगले जीवनको अणुहरू पृथ्वीमा आफै उत्पन्न हुन सक्छ भन्ने देखाएको छ । तर, पान्स्पर्मिया सिद्धान्तले भने जीवनका तत्वहरू अन्तरिक्षबाट ल्याइएका हुन सक्छन् भन्ने कुरा जोड दिन्छ ।

उल्कापीण्डहरूमा एमिनो एसिड पत्ता लाग्नु र केही जीवाणुहरू अन्तरिक्षमा बाँच्न सक्नुले पान्स्पर्मिया सिद्धान्तलाई बल पुर्याएको छ । यदि जीवन वास्तवमै अन्तरिक्षबाट आएको हो भने, यसको अर्थ के हुन सक्छ ? 

के अन्तरिक्षमा अन्यत्र पनि जीवन हुन सक्छ ? यी रहस्यमय प्रश्नहरूको उत्तर खोज्न वैज्ञानिक अनुसन्धान जारी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट