Techie IT
२०८२ वैशाख ६, शनिबार

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका-४ स्थित अमारे सोता सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले स्कुटर र अटो ठक्कर दिँदा अटोमा सवार निरा सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा उदयपुरका राजन कटुवालको मृत्यु भएको छ । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका-१ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिराहाका सलाम सेकको प्रादेशिक अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखराको बैदाममा मोटरसाइकल दुर्घटनामा सफल रानाभाट र सुजल अधिकारीको जिएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ललितपुरको चापागाउँ दोबाटोमा गाडीले ठक्कर दिँदा पैदलयात्री साहन मोक्तानको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट