Techie IT
२०८१ माघ २६, शनिबार

दिल्ली विधानसभा चुनावमा भाजपाको ऐतिहासिक जित, को हुनेछ नयाँ मुख्यमन्त्री ?


दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जित हासिल गर्दै १९९८ पछि पहिलो पटक दिल्लीमा सरकार बनाउने मौका पाएको छ । ७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४० सिट जितेको छ भने थप ८ सिटमा अग्रता लिइरहेको छ । विधानसभाको बहुमत प्राप्त गर्न ३५ सिट आवश्यक छन् ।

यस चुनावमा आम आदमी पार्टी (आप) ले २० सिट जितेको छ भने थप दुई सिटमा अग्रता छ । आपका नेता र पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो नयाँ दिल्ली विधानसभा सीट गुमाएका छन् । उनी भाजपा उम्मेदवार प्रवेश वर्मासँग ३,००० भन्दा बढी मतले पराजित भएका छन्। 

चुनावमा हार स्वीकार गर्दै केजरीवालले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोस्ट गरेका छन् । उनले भने, “जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौं ।”

भाजपाको जितलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको जित बताएका छन्। उनले एक्समा पोस्ट गर्दै लेखे, “विकासको जित भएको छ, सुशासनको विजय भएको छ।" भाजपाले महाराष्ट्र र छत्तीसगढमा हालै भएका राज्यसभा चुनावमा सफलता पाएपछि दिल्ली चुनावमा पूर्ण ध्यान केन्द्रित गरेको थियो । प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले दिल्लीका चुनावी सभाहरूमा सक्रिय भूमिका खेलेका थिए ।

आपले सन् २०१३ देखि दिल्लीमा सरकार चलाइरहेको थियो । तर, पछिल्लो समय केजरीवाल र उनका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेपछि पार्टीको छविलाई धक्का लागेको थियो । यसले पनि चुनावमा आपको प्रदर्शनलाई नकाराततत्मक असर गरेको विश्लेषकहरू बताउँछन् ।

भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने अवसर पाएपछि अब नयाँ मुख्यमन्त्री को हुनेछ भन्ने चर्चा सुरु भएको छ। प्रवेश वर्मा, दुश्यन्त गौतम, स्मृति इरानी र बाँसुरी स्वराज जस्ता नेताहरू मुख्यमन्त्री पदका दाबेदार मध्ये रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट