आजको दैनिक राशिफल, माघ २६
![](https://www.raibarpress.com/uploads/medias/rashiFal.jpg)
आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि।ईश्वी सन् २०२५ फेव्रुवरी ८ तारिख । नेपाल संवत् ११४५ । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २७ पला ।
रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाइको सहयोगले सकारात्मक उपलब्धि मिल्नेछ । विवाद र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । प्रविधिको सहायताले आफ्ना विचार जनमानसमा लैजान सकिनेछ ।
वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
बोलीको मिठासले काममा सफलता मिल्नेछ । व्यवसायिक काममा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रेम जीवनमा आत्मीयता बढ्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रचनात्मक कार्यमा सफलता मिल्नेछ । राजनीति र समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । लामो समयपछि टाढिएका साथीहरूसँग भेट हुनेछ । अध्ययनमा राम्रो परिणाम प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विदेश यात्राको अवसर जुर्न सक्छ । खर्च बढेपनि उपलब्धिमूलक काम हुनेछ । औषधि तथा खाद्यान्न व्यवसायमा फाइदा हुनेछ । अग्रज र साथीहरूसँग रमाइलो समय बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभको योग छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । दाजुभाइको सहयोग रहनेछ । सवारी साधन प्राप्तिको सम्भावना छ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायिक क्षेत्रमा फाइदा हुने दिन छ । छोटो समयमा सफलता मिल्नेछ । प्रेममा सामीप्यता बढ्नेछ । राजनीति र समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । पूजा सामग्री र खाद्यान्न व्यापारमा वृद्धि हुनेछ । राज्यको सहयोगबाट लाभ हुनेछ । प्रविधिको प्रयोगले आफ्ना विचारलाई जनमानसमा पुर्याउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा लाभ हुनेछ । नयाँ आम्दानीका स्रोत फेला पर्नेछन् । बोलीको प्रभावले मनग्गे लाभ मिल्नेछ । लामो यात्रा सफल हुनेछ । खानपान र मनोरञ्जनमा समय बित्नेछ ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
आर्थिक पक्ष बलियो रहनेछ । नयाँ कामले आम्दानी बढाउनेछ । परिवारसँग रमाइलो समय बित्नेछ । शिक्षा र यात्रामा सफलता मिल्नेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
व्यवसायमा राम्रो लाभ हुनेछ । सत्रुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा उत्कृष्ट नतिजा हात पर्नेछ । मनोरञ्जन र भेटघाटमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पति-पत्नीको सम्बन्ध सुमधुर हुनेछ । सन्तानको साथले खुशी मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । जग्गा कारोबारबाट फाइदा हुनेछ । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेकोछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
घरजग्गा र सवारी साधनको कारोबारमा फाइदा हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाल प्रतिष्ठामा बृद्धि हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस