बागलुङमा जीप दुर्घटनामा तीन जनाको मृत्यु
आज बिहान बागलुङ जिल्ला गालकोट नगरपालिका-२ स्थित भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

आज बिहान बागलुङ जिल्ला गालकोट नगरपालिका-२ स्थित भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। यस दुर्घटनामा एक जनाले घाइते भएका छन्।
प्रहरीका अनुसार, मृतक र घाइतेको पहिचान अझै पुष्टि भएको छैन।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा दुई महिलासँगै एक पुरुषको मृत्यु भएको जानकारी दिए। प्रहरी टोलीले उद्धार कार्यमा संलग्न रहेको र दुर्घटनाका थप विवरणहरू प्रतिक्षा गरिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस