सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
![](https://www.raibarpress.com/uploads/medias/goldprice.jpeg)
काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो ।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस