संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)
![](https://www.raibarpress.com/uploads/medias/samsad(6).jpg)
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक काठमाडौं नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
आज (शुक्रबार)को बैठकमा केही विधेयक तथा प्रतिवेदन संसद्मा पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन–२०८१’ संसद्मा पेस गर्नेछन् ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक–२०८० माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसलगत्तै विधायन विधेयक–२०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको
संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन संसद्मा पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ ।
हेर्नुहोस् कार्यसूची :
![](https://www.raibarpress.com/uploads/editor/pp_page-0001.jpg)
तपाईको प्रतिक्रिया दिनुहोस