सामान्य अंकले घट्यो नेप्से
![](https://www.raibarpress.com/uploads/medias/Downsharemarket.png)
दिनभरको उतारचढावपछि अन्तिममा सामान्य अंकले नेप्से घटेर बजार बन्द भएको हो । आइतबार एकैपटक ६९ अंकको बृद्धि गरेको नेप्सेले त्यसपछिका दिनमा निरन्तर घट्दै आएको छ । मंगलबार १४.०८ अंकले घटेको नेप्सेले बुधबार ४.४५ अंकले घटेको हो ।
यस्तै कारोबार रकममा पनि आज संकुचन आएको छ । यो दिन लगानीकर्ताले ८ अर्ब ९५ करोडको कारोबार गरेका हुन् । दिनभर घटेको बजारमा ११३ कम्पनीको मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ । बढ्नेमा आज पनि उपकार लघुवित्त अगाडि देखिएको हो ।
निरन्तर चार दिनदेखि सर्किट हानिरहेको उपकार लघुवित्तले आज पनि मूल्यमा पोेजेटिभ सर्किट लाउन सफल देखिएको छ । यो कम्पनीको मुल्य प्रतिकित्ता ६ हजार ६ सयमा पुगेको छ । यो बाहेक छ्याङग्दी हाइड्रको मूल्यमा पनि आज पोजेटिभ सर्किट लागको छ ।
यता घट्नेमा भने आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि छ । यी दुवै कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागको हो । यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको कारोबार गरेका छन् ।
लगानीकर्ताले आज एकै दिन उक्त कम्पनीको सेयर ३३ करोडमा कारोबार गरेका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस