Techie IT
२०८२ वैशाख ८, सोमबार

नेदरल्यान्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धशतक


काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तरगत अहिले जारी थाइल्यान्डविरुद्धको खेलमा नेपालकी पूजा महतोले आकर्षक अर्धशतक बनाएकी छन् । 

प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धशतक हो । पूजाले ४३ बलमा अर्धसतक पूरा गरेकी हुन् । उनले ४ चौका प्रहार गरिन् ।

पहिले ब्याटिङ गरेको नेपालले फेरि एकपटक खराब सुरूवात गर्दै ७ रनमा दुई विकेट गुमाएको थियो ।

 दवावको अवस्थाबाट कप्तान इन्दु बर्मा र पूजा महतोले नेपालको पारी सम्हालेका थिए । 

उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दु ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

नेपालले १६.४ ओभरमा ३ विकेट गुमाउँदै १०६ रन जोडेको छ । अहिले क्रिजमा रुबिना क्षेत्रीले पुजालाई साथ दिइरहेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट