नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।
पूजाले नटआउट ६२ रन बनाइन् । ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन् । उनले एक छक्का प्रहार गरिन् ।
नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए । त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन् ।
इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन् । रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस