Techie IT
२०८२ वैशाख ८, सोमबार

महिला टी–२० सिरिज : नेपालविरुद्ध थाइल्यान्ड्सको १०७ रनको लक्ष्य


काठमाडौं । नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार थाइल्यान्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन जोड्यो ।

थाइल्यान्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे । दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्यान्डले सय रन कटाएको थियो ।

त्यसअघि नेपालले थाइल्यान्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्यान्डले ५६ रन जोडेको थियो ।

नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले  ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन् । डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन् ।

सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट