Techie IT

एमालेको मोरङद्वारा विराटनगरका मेयरलाई आफ्नो पालिकामा ध्यान दिन आग्रह


नेकपा एमाले मोरङ जिल्ला कमिटीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई आफ्नै पालिकाको काममा ध्यान दिन आग्रह गरेको छ। बुधबार रंगेली नगरपालिका विरुद्धको आन्दोलनमा कोइराला सहभागी भएपछि बिहीबार एमाले जिल्ला कमिटीले ध्यानाकर्षण पत्र बुझाउँदै यो आग्रह गरेको हो।

रंगेली नगरपालिकाले निर्धारण गरेको करको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको थियो, जसमा कोइराला पनि सहभागी भएका थिए। आन्दोलनमा पुगेपछि उनले विराटनगर महानगरपालिकामा कुनै ठूला समस्या नरहेको दाबी गरेका थिए भने रंगेली नगरपालिकालाई संवादमार्फत समस्या समाधान गर्न सुझाव दिएका थिए।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीका अनुसार, पार्टीले कोइरालाको क्रियाकलाप प्रति असन्तुष्टि जनाउँदै ध्यानाकर्षण पत्रमा उनलाई पालिकाको काममा संगतिपूर्ण, पारदर्शी, र जवाफदेही हुन आग्रह गरेको छ। ‘एक पालिकाका प्रमुखले अर्काे पालिकाको काममा प्रतिक्रिया दिनु उचित होइन,’ कार्कीले भने, ‘तपाईंको क्रियाकलाप एमालेको मापदण्ड अनुसार छैन र तपाईंले आफैंले गरेका निर्णयहरू उल्टाइ रहनुभएको छ भनेर स्मरण गरायौं।’

कोइराला निर्वाचित भएको दुई वर्ष पाँच महिनासम्म एमालेले उनको काममा खास चासो दिएको थिएन। तर, रंगेली नगरपालिका विरुद्ध कांग्रेसको आन्दोलनमा कोइराला सहभागी भएपछि मोरङमा दुई प्रमुख दलहरू एमाले र कांग्रेसबीच विवाद चुलिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट