Techie IT
२०८२ वैशाख १८, बिहीबार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


विभिन्न स्थानहरूमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा आइतबार दिउँसो ट्रक र स्कुटरको ठक्करमा ७२ वर्षीय धन बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ मा टिपरको ठक्करमा कास्की पोखराका ४१ वर्षीया अप्सरा क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । स्कुटरमा सवार अप्सरा क्षेत्रीलाई जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको थियो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ मा अनियन्त्रित ट्याक्टरको दुर्घटनामा १८ वर्षीय मुकेश कामैतको मृत्यु भएको छ। घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

झापामा कन्काई नगरपालिका-१ मा मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरि प्रसाद सिटौलाको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको बिएनसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको उर्लाबारी नगरपालिका-३ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय फौदसिंह बिकको मृत्यु भएको छ । उनका घाइते शारीरिक अवस्थाबाट उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट