Techie IT
२०८२ वैशाख ७, आइतबार

इरानमा बस पल्टिँदा ५४ जना घाइते


इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् । सोरखेह काउन्टीबाट प्रादेशिक राजधानी सेमनान जाने सडकमा बिहान ४ः४५ बजे बस दुर्घटना भएको हो ।     
    
चिकित्सा विज्ञान तथा स्वास्थ्य सेवा प्रवक्ता करेन याह्याईले भने,“ एम्बुलेन्सले घाइतेलाई सेमनान अस्पताल पुर्याएको छ ।”     
    
घटनाबारे सेमनानका ट्राफिक प्रहरी प्रमुख मौसा बोजोर्गीले चालक निद्रामा परेका कारण बस सडकबाट खसेको बताएका छन् ।     
    
“दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट