Techie IT
२०८२ वैशाख ७, आइतबार

राष्ट्रिय सभा बैठक

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस


काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।
     
बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । राष्ट्रिय सभामा उत्पति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।
      
उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरुबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराए ।

समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रियसभा अर्को बैठक यही माघ २४ गते बिहीबार १ः१५ बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट