Techie IT
२०८१ चैत्र २०, बुधबार

अभिनेत्री अरुणिमाको वैवाहिक सम्बन्धमा दरार, सञ्जालबाट हटाइन् श्रीमान्‌‌सँगका सबै तस्बिर


काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालको वैवाहिक सम्बन्धमा दरार उत्पन्न भएको छ । 

उनले आफ्नो श्रीमान्सँग खिचेका सबै तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट हटाएसँगै वैवाहिक सम्बन्धमा दरार उत्पन्न भएको अनुमान गरिएको छ । 

अरुणिमाको पतिसँग सम्बन्ध चिसिएको चर्चा सुरु भएसँगै उनले ती तस्बिरहरू हटाएकी हुन् । 

गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमान्सँगका सबै तस्बिर सामाजिक सञ्जालबाट हटाएकी छन् ।

वैवाहिक सम्बन्धमा बाँधिएयता उनले सामाजिक सञ्जालमा प्रशस्त तस्बिर र भिडिओ सेयर गरेकी थिइन् । 

यद्यपि श्रीमान्सँगको सम्बन्धमा दरार उत्पन्न भएपछि उनले प्रयोग गर्ने विभिन्न सामाजिक सञ्जाल (फेसबुक, इन्स्ट्राग्राम, एक्स आदि)मा श्रेष्ठका तस्बिर भेटिँदैनन् भने एकआपसमा अनफलो गरेका छन् । 

युवराज श्रेष्ठले भने अरुणिमासँगका तस्बिरहरू हटाएका छैनन् । उनले प्रयोग गर्ने सामाजिक सञ्जालमा दुवैका तस्बिर प्रशस्त देख्न सकिन्छ । 

अरुणिमा र श्रेष्ठले मागी विवाह गरेका हुन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट