Techie IT
२०८२ वैशाख ८, सोमबार

सत्ता पक्षले संसदमा बलमिच्याईंको प्रयास गर्यो : माधव सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता पक्षले संसदमा बलमिच्याईं गरेको आरोप लगाएका छन्।


नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता पक्षले संसदमा बलमिच्याईं गरेको आरोप लगाएका छन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले सत्तापक्षले संसदप्रति जवाफदेही हुनुपर्ने जिम्मेवारीलाई इन्कार गर्दै दम्भपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, "संसद प्रतिपक्षको थलो हो भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दिँदै, सत्ता पक्षले बलमिच्याईंको प्रयास गरेको प्रष्ट छ। संसदप्रति जवाफदेही हुनुपर्ने सत्तापक्षको दम्भपूर्ण व्यवहारले असहज अवस्था सिर्जना गरेको छ।"

साथै, उनले जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयासलाई पूर्णतया अस्वीकार्य ठहर्याएका छन्। उनले थपे, "दुई तिहाईको दम्भमा प्रतिपक्षलाई कम आँक्ने र निषेध गर्ने शैली आपत्तिजनक छ। ऐतिहासिक जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णतया अस्वीकार्य छ। आज संसदमा सुनाइएको निष्कर्ष समयमै सच्याउँदा संसदको सहज निकास सम्भव हुनेछ।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट