गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले आज (शुक्रबार) वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।
गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छन् । तर, बिहे गर्दाका गरगहना फिर्ता नगर्ने दाबी गरेकी छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस