Techie IT
२०८२ वैशाख ९, मंगलबार

नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित


काठमाडौं । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो । 

नेदरल्याण्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रनमात्र जोड्न सफल भएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् ।

यो जितसँगै नेदरल्याण्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट