Techie IT
२०८२ वैशाख १७, बुधबार

विपीन जोशी बिनाको ८ बन्दी रिहाइको सूची हमासद्वारा सार्वजनिक


हमासले आज ८ जना बन्दीलाई रिहा गर्ने भएको छ । हमासले गाजाबाट ३ इजरायली र ५ थाई नागरिक गरी ८ जनालाई रिहा गर्न लागेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

कतार र इजिप्टको मध्यस्थतामा सार्वजनिक गरिएको नामावली अनुसार २९ वर्षीय अर्बेल यहुत, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मासेस इजरायली नागरिक छन् । थाई नागरिकको नाम खुलाइएको छैन भने नेपाली विद्यार्थी विपीन जोशी नाम समावेश गरिएको छैन ।

इजरायलले पनि आजै हमासका ११० जनालाई छाड्ने जनाइएको छ । जसमा आजीवन काराबासको सजाय भोगेका ३२ जना छन् । यसैगरी ३० जना बालबालिका छन् ।

पहिलो चरणको युद्ध विराममा हमासले ३३ बन्दी छाड्ने तथा इजरायलले जेलबाट दुई हजार जनालाई छाड्ने सहमति भएको छ । बन्दी बनाइएका मध्ये ८ जनाको मृत्यु भइसकेको पनि हमासले जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट