Techie IT
२०८२ वैशाख ७, आइतबार

कोशी प्रदेशमा एचपिभी खोप अभियानको सम्पूर्ण तयारी पूरा


कोशी प्रदेशमा माघ २२ गतेदेखि सञ्चालन हुने एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा सञ्चालन गरिने यो अभियान फागुन ४ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार सञ्चालन हुने यस अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइने छ । प्रदेशभर २ लाख २० हजार ५८४ किशोरीलाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालयबाहिर रहेका ४५ हजार ३३४ किशोरीलाई पनि खोप सुनिश्चित गर्न थप खोप केन्द्रहरू स्थापना गरिनेछ ।

यो अभियान पाठेघरको मुखको क्यान्सरबाट महिलाहरूलाई सुरक्षित गराउने उद्देश्यले सञ्चालन गरिएको हो। स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार महिलाहरूमा यो क्यान्सरको जोखिम उच्च भएकाले, अकाल मृत्यु रोक्न खोप लगाउनु आवश्यक छ ।

स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशकी सचिव डा. राधिका थपलियाले एचपिभी खोप सुरक्षित भएको र यसले कुनै नकारात्मक असर नगर्ने बताउँदै सबैलाई निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट