Techie IT
२०८२ वैशाख ७, आइतबार

कोहलपुरमा करेन्ट लागेर १४ वर्षीय किशोरको मृत्यु


नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गल गएका एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

प्रनाउ भण्डारीले जानकारी दिएअनुसार अर्याल रक्षा मध्यवर्ती सामुदायिक वनमा कुसुमको रूखमा चढी घाँस काट्दै गर्दा हाइटेन्सन विद्युत् लाइन छुन पुगेका थिए । करेन्ट लागेपछि रूखबाट लडेर गम्भीर घाइते भएका उनलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट