इजरायली आक्रमणमा लेबनानमा २५ को मृत्यु, १६० घाइते

लेबनानको दक्षिणी क्षेत्रमा इजरायली सेनाको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सोमबारको आक्रमणमा मात्रै एक जनाको मृत्यु र २६ जना घाइते भएका थिए ।
आइतबार बिहानदेखि सीमावर्ती गाउँका सयौं लेबनानी बासिन्दा आफ्नो गाउँ फर्कने प्रयासमा रहेका छन् । इजरायलले लगाएको अवरोध पार गर्दै उनीहरू पैदल यात्रा गरेर आफ्ना घरतर्फ लागेका थिए ।
तर, इजरायली सेनाले फर्कने क्रममा रहेका नागरिकहरूमाथि गोली प्रहार गरेको छ ।
नोभेम्बर २७, २०२४ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीचको युद्धविराम सम्झौताको बावजुद यी घटना भएका हुन् ।
स्थिति थप जटिल बन्दै गएकाले स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायले तनाव नियन्त्रणका लागि पहल आवश्यक रहेको औंल्याएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस