Techie IT
२०८२ वैशाख ७, आइतबार

नेपालमा पाठेघरको क्यान्सरबाट दैनिक ४ जनाको मृत्यु


नेपालमा पाठेघरको मुखको क्यान्सरले दैनिक चार जनाको ज्यान लिइरहेको छ। झापा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार, बर्सेनी दुई हजार एक सय ६९ जनालाई यो रोगले सताएको छ, जसमध्ये ६१ प्रतिशत (एक हजार तीन सय १३ जना) को मृत्यु हुने गरेको छ ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी) को १२ प्रजाति यस रोगको मुख्य कारण हो। यसलाई नियन्त्रण गर्न झापा जिल्लामा माघ २२ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिएको छ । यस अन्तर्गत जिल्लाका १५ स्थानीय तहका ५४ हजार नौ सय ९९ छात्रा तथा किशोरीलाई खोप लगाइने छ ।

अभियानका लागि झापामा सात सय ५५ खोप केन्द्र, सात सय ८१ स्वास्थ्यकर्मी, र एक हजार पाँच सय १५ स्वयम्सेविका तैनाथ गरिएको छ। यसका लागि पाँच सय ५७ विद्यालय, एक सय ४० स्वास्थ्य संस्था, र ४० वटा बाह्य केन्द्र स्थापना गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग नियन्त्रण गर्न एकीकृत उपाय अपनाउन सिफारिस गरेको छ। यसैअनुसार, नेपाल सरकारले १० देखि १४ वर्षका किशोरीलाई खोप लगाउने निर्णय गरेको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा सात प्रदेशका १० हजार बालिकालाई यो खोप लगाइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये चौथो मुख्य कारण हो। विश्वभर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई यो रोगले सताउँछ भने तीन लाख ११ हजार (५५ प्रतिशत) को मृत्यु हुने गरेको छ।

यो रोगबाट बच्न खोप लगाउनु र नियमित स्वास्थ्य जाँच गर्नु आवश्यक छ। सरकारले सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउनुका साथै जनचेतना अभियान पनि आवश्यक छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट