देशका विभिन्न स्थानमा आगलागी, करोडौंको धनमाल नष्ट

देशका विभिन्न स्थानमा भएका आगलागी घटनाहरूमा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीको दुहवी नगरपालिका-३ मा सोमबार बेलुकी विद्युत सर्ट भएर कैलास रायको सोनु रोयल सिटी/अटो रिपेरिङ पसलमा आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान पूर्ण रूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ पानतलेमा भक्तबहादुर लामा थोकरको भान्सा घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा नजिक लिम्पिया स्कुलको लेखा शाखामा करेन्ट सर्ट भएर आगलागी हुँदा करिब २ लाख रुपैयाँको सम्पत्ति जलेर नष्ट भएको छ ।
रौतहटको परोहा नगरपालिका-७ नरकटियास्थित सेलर मिलमा भएको आगलागीले मिलका मेशिनहरू जलेर करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएर घटनाहरूको अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस