Techie IT
२०८२ वैशाख ७, आइतबार

गृहमन्त्रीकै गृहप्रदेशमा २ किशोरीको बीभत्स हत्या, जनप्रतिनिधिद्वारा ध्यानाकर्षण


अछाम । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

ढकारी गाउँपालिका–८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् । 

आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम–१ का सांसद शेरबहादुर कँुवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए । उनका अनुसार घटनाको छानविनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ ।

अछाम सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने जिल्ला हो भने गृहमन्त्री लेखक पनि त्यहीँ प्रदेशका हुन् । यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए । 

उनीहरूले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट