Techie IT
२०८१ माघ १५, मंगलबार

सत्तारूढ कांग्रेस संसदीय दल र प्रतिपक्षी रास्वपा सचिवायल बैठक बस्दै, यी हुन् एजेन्डा


काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । आज (सोमाबार) दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त बैठकको आह्वान गरिएको हो । 

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशबारे एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तीव्रताका साथ पारित गर्नेलगायतका विषयमा छलफल हुनेछ । 

यहीँ माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

त्यस्तै प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट