Techie IT
२०८१ माघ १५, मंगलबार

दलका सचेतसँगको छलफलमा सभामुख


काठमाडौं । सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सभामुखले छलफल गर्ने भएका छन् । आज (सोमबार) बिहान ११ बजेदेखि छलफल गर्ने भएका हुन् । 

सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफलको समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । 

हिजो (आइतबार) सभामुख घिमिरेले सत्तारूढ दल र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुखले आसन्न संसद् अधिवेशन तयारीका सम्बन्धमा छलफललाई निरन्तरता दिने भएका छन् । 

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नेछन् । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट