Techie IT

लुम्बिनी प्रदेशसभाको २९औं बैठक आज, दुई महत्त्वपूर्ण विधेयक पेस हुने


लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९औं बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा महत्त्वपूर्ण दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढाले "स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक" पेस गर्नेछिन्। सभापति बुढाले यस विधेयकको प्रतिवेदन मंगलबार सभामुख तुलाराम घर्तीमगरलाई बुझाएकी थिइन्। विधेयक सदनमा पेस भएपछि छलफल गरी पास गर्ने योजना रहेको प्रदेशसभा प्रवक्ता तथा कानुन उपसचिव ईश्वरी आचार्यले जानकारी दिए।

यसअघि उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न खोजिए पनि थप छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो। समितिले आवश्यक संशोधन गरी विधेयक पुनः पेस गर्न लागेको हो।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले "प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि रहेको छ। साथै, प्रदेशसभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट