Techie IT
२०८१ माघ १५, मंगलबार

अखिल (क्रान्तिकारी) अध्यक्षमा सापकोटाको अग्रता कायमै, लुम्बिनीमा मतगणना सकियो


नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आज शनिवार भएको निर्वाचनमा देशभरिबाट मत परिणाम सार्वजनिक भइरहेको छ ।

अखिल (क्रान्ततिकारी)को अध्यक्षका लागि प्रमुख उम्मेदवारहरूमा प्रचण्ड पक्ष निकट विजयप्रकाश शर्मा सापकोटा, जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेशकुमार यादव विच प्रतिस्पर्धा हुने देखिएको छ ।

हालसम्मको मतपरिणाम अनुसार लुम्बिनी प्रदेशको मतपरिणाम अनुसार कुल १९४ मत गणना हुदाँ विजयप्रकाश शर्मा सापकोटा ८५ मतका साथ  अग्रस्तानमा छन् भने जम्मा ६६ मतका साथ हेमन्त राई  दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी सुदिन पौडेलले २२ मत पाए भने उपदेश यादवले १० मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशमा जम्मा १९४ मत खसेको थियो । लुम्बिनी प्रदेशमा जम्मा ६ मत बदर भए । 

 अहिले सुदूरपश्चिम, कर्णाली र बाग्मति प्रदेशमा पनि मतगणना भइरहेको छ ।  अखिल (क्रान्तिकारी)मा कुल २३९८ मत दाता संख्या मध्ये १९१५ मतमात्र खसेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट