Techie IT

अखिल (क्रान्तिकारी) को खस आर्य उपाध्यक्षमा सुरज कुमार भण्डारीको जीत्ने सम्भावना बलियो


नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि भोलि (शनिबार) निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यालयले २३औँ राष्ट्रिय सम्मेलनको दोस्रो चरणको निर्वाचन–२०८१ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै अब चुनावका लागि उम्मेदवारहरु आ-आफ्नो निर्वाचन स्थलमा केन्द्रित भएका छन् । 

अखिल (क्रान्तिकारी) को खस आर्य तर्फको एक पदका लागि जम्मा ८ जनाले उम्मेदवारी दिएका छन् । खसआर्य तर्फको आठ जना उम्मेदवारमा सबै भन्दा सिनियर नेतामा दैलेखका सुरज कुमार भण्डारी रहेका छन् । करिब डेढ वर्षजति अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालयमा बसेर भोलिन्टेयरिङ्ग सेवा गरेका विद्यार्थी नेता भण्डारीको सरल स्वाभावका कारण देशभरिका विद्यार्थीहरु सँग राम्रो सम्बन्ध रहेको मानिन्छ ।  त्रिचन्द्र क्याम्पस काठमाण्डौं बाट राजनीति शुरु गरेका भण्डारी निवर्तमान सचिव रहेर सँगठनमा सक्रिय र सबल नेतताका रुपमा चिनिदै आएका छन् । 

आम विद्यार्थीहरु विच चिनिएका सुरज भण्डारी खसआर्य उपाध्यक्ष पदमा सबै भन्दा बलिया र जित्न सक्ने उम्मेदवारका रुपमा हेरिएका छन् । अखिल (क्रान्तिकारी) कोशी प्रदेशका एक प्रतिनिधिले आफू सरल स्वभाव र संगठनमा सक्रिय नेता सुरज भण्डारी लाई नै मत दिने रैवारप्रेस लाई बताएका छन् । 

त्यसैगरी, लुम्बिनी प्रदेशबाट सचिव पदका लागि उम्मेदवार रहेका अखिल (क्रान्तिकारी) उम्मेदवारले पनि आफूले भण्डारी लाई नै खस आर्य पदमा  मत दिने बताएका छन् । 

नेकपा (माओवादी)को आधार क्षेत्रका रुपमा हेरिएको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा खसआर्य उम्मेदवार सुरज कुमार भण्डारीको जिल्ला तहका विद्यार्थी नेताहरु सँग राम्रो सम्बन्ध रहेको छ । दैलख जिल्लाका भण्डारी अखिल (क्रान्तिकारी) कर्णालीमा बलिया नेताका रूपमा चिनिन्छन् । 

विभिन्न समुह बनाएर अखिल (क्रान्तिकारी)मा विभिन्न नेताहरु चुनावमा लागिरहेका बेला नेता सुरज कुमार भण्डारी अध्यक्ष माओवादी हेडक्वार्टर निकट उम्मेदवार मानिन्छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट