रवि लामिछाने हाजिर जमानीमा छुटे
काठमाडौं । रूपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने हाजिर जमानीमा छुटेका छन् । प्रतिवादीको थुनछेक बहस नसकिएपछि हाजिरी जमानीमा छाडेको अदालतले जनाएको छ ।
उनको थुनछेक बहस पुनः आइतबार हुने छ । यद्यपि हाजिरी जमानीमा छाड्ने बुधबारको आदेश कायम रहेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
बुधबार बयान लिइएको अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीवार र शुक्रवार थुनछेक बहस भएको हो ।
थुनछेक बहसको पहिलो दिन बिहीबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएका थिए । शुक्रबार प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका छन् ।
रविविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस