Techie IT

अध्यक्ष र महासचिवको उम्मेदवारी फिर्ताको फर्जी निवेदन पेस, पौडेल र हमालद्वारा खण्डन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष र महासचिवद्वयले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै फर्जी निवेदन पेस भएको छ । 

अध्यक्ष पदका उम्मेदवार सुदिन पौडल र महासचिवका उम्मेदवार तिर्सना हमालले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै फर्जी निवेदन केन्द्रीय निर्वाचन आयोगमा पेस भएको हो । 

पौडेल र हमालले आफ्नो उम्मेदवारी दर्ता कायमै रहेको अवस्थामा फर्जी निवेदन पेस गरि उम्मेदवारी नै फिर्ता लिएको अफवाह फैलाएको भन्दै विरोध गरेका छन् । 

उनीहरू दुवैले फर्जी निवेदनको खण्डन गरेका छन् । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै पुगेर विरोध गरेका हुन् भने फर्जी निवेदनको खण्डन गरेका छन् ।

पौडेल र हमालले हालसम्म आफ्नो उम्मेदवारी फिर्ताका लागि कुनै पनि निवेदन पेस नगरेको आयोगलाई स्पष्ट पारेका छन् । यसका साथै उनीहरूले देशभरका विद्यालय, क्याम्पस, कलेज र विश्वविद्यालयबाट प्रतिनिधित्व गरेर आउने प्रतिनिधिहरूलाई नझुक्किन आग्रह गरेका छन् । 

आफूहरूलाई स्वतःस्फुर्त ढंगले कसैको दबाबमा नपरी मतदान गर्न समेत अपिल गरेका छन् ।

अध्यक्षका उम्मेदवार पौडल र महासचिवका उम्मेदवार हमालले अखिल (क्रान्तिकारी)कै केशव रावलले सो निवेदन पेस गरेको पुष्टि परेका छन् । निर्वाचनको बेला माहोल बिगार्न रावलले गलत हर्कत गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गर्ने हमालले चेतावनी दिएकी छन् ।  

यद्यपि भोलि (शनिबार) हुने अखिल (क्रान्तिकारी)को निर्वाचनमा अध्यक्षका उम्मेदवार सुदिन पौडेल र महासचिवका उम्मेदवार तिर्सना हमालको उम्मेदवारी हालसम्म कायमै रहेको छ । 

उनीहरूले उम्मेदवारी फिर्ता नलिएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट