Techie IT

अखिल क्रान्तिकारी निर्वाचन: खुला सचिवमा सुदूरपश्चिमका यी ३ उम्मेदवार


नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया पुरा भएर भोलि शनिवार मतदान हुने भएको छ ।  सामूहिक नेतृत्व छनोट गर्न असम्भव भएपछि हेडक्वार्टर देखि विभिन्न पदाधिकारीहरूका छुट्टाछुट्टै टिमहरु निर्वाचनका लागि मैदानमा उत्रिएका छन् । 

अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये प्रमुख उम्मेदवारहरूमा प्रचण्ड पक्ष निकट विजयप्रकाश शर्मा सापकोटा, जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदीन पौडेल, नारायणकाजी श्रेष्ठ निकट उपदेशकुमार यादव, देव गुरुङ निकट विश्वमणि थापा र कृष्णबहादुर महरा निकट योगन्द्रबहादुर बुढा रहेका छन् ।

अध्यक्षका उम्मेदवारहरूमा विजयप्रकाश शर्मा सापकोटा ३२ वर्षिय उमेरहद लगाउनुहुन्न भनेर लागिपरेकाले ३२ वर्षमुनिका प्रतिनिधिहरूले नरुचाउन सक्ने अखिल (क्रान्तिकारी)का एक निर्वतमान केन्द्रीय सदस्यले बताए । उनले भने "जसको नीति उसैको नेतृत्व हुनुपर्छ सोही अनुसार मतदान गर्ने बताएका छन् । 

जम्मा ४ खुला सचिव पदका लागि २५ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशका कुल ३ जना विद्यार्थी नताहरुले खुला सचिवमा मनोनयन दर्ता गरेका छन् । 

रामपुर कृषि क्याम्पसमा विद्यार्थी राजनीति गरिरहेका बझाङ्गका चेतराज जोशी हाल रामपुर कृषि क्याम्पसका स्ववियु सभापति रहेका छन् । जोशीले क्याम्पसमा विभिन्न उत्पादन मूलक कार्यहरूसँग विद्यार्थीहरू जोड्दैँ नमुना कार्यहरू गरेका थिए ।  अघिल्लो वर्षमात्र सयपत्रीको फुल खेती गरेर ३ लाख सम्म आय आर्जन गरेर नमुना काम गरेका थिए । उनले विद्यार्थी राजनीतिमा लागेका विद्यार्थीहरू लाई सकारात्मक दिशातिर ढोर्‍याउनुपर्ने धारणा राखेका छन् ।  

अर्को सचिवका उम्मेदवार सिटिइभिटीबाट राजनीति गरिरहेका विद्यार्थी नेता सत्यराज बोहोरा पनि बझाङ्ग जिल्लाका हुन् । उनि अखिल (क्रान्तिकारी) बझाङ्ग - काठमाडौं सम्पर्क समिति बाट राजनीति शुरु गरेका बोहरा युवाहरूमा राम्रो प्रभाव पार्न सक्ने नेताका रूपमा चिनिन्छन् । उनले आफ्नो उम्मेदवारी नयाँ युवाहरुको आकर्षण अखिल (क्रान्तिकारी) बनाउनका लागि रहेको बताएका छन् ।

२०६९ सालमा डोटीको देवस्थल माविमा अध्यक्ष भई  स्थानीयहरूमा संगठन निर्माण गर्दैं विद्यार्थी राजनीतिमा सक्रिय प्रकाश जैशी सचिवका अर्का उम्मेदवार हुन् । प्रकाश जोशीले धनगढीमा पत्रकार सम्मेलन गरेर आफ्ना एजेन्डाहरू सार्वजनिक गरेका थिए । 

भोलि शनिवार हुने निर्वाचनमा खुला सचिवमा जम्मा ४ मत सम्म हाल्न पाउने व्यवस्था रहेको छ । सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने जम्मा ३ जना खुला सचिवका उम्मेदवारहरु रहेका छन् ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट