अखिल क्रान्तिकारीका २० केन्द्रीय सदस्यको मनोनयन दर्ता रद्द
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा २० जनाको उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन समितिले रितपूर्वक र विधिसम्मत नभएको भन्दै केन्द्रीय समिति सदस्य, निर्वाचन आयोग सदस्य तथा अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका २० जनाको उम्मेदवारी रद्द गरेको हो ।
उम्मेदवारी रद्द हुनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् । एक जना सचिवालय सदस्यका उम्मेदवार रहेका छन् ।
एक जना निर्वाचन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् भने अर्का अनुशासन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् । निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेको थियो ।
जसमा २९७ वटा दाबी विरोधको उजुरी परेको थियो । त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा २० जना उम्मेदवारको उम्मेदवारी रद्द भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।
हेर्नुहोस् सूचना :
तपाईको प्रतिक्रिया दिनुहोस