नेकपा बहुमत समूहको महासचिवमा धर्मेन्द्र
काठमाडौं । नेकपा (बहुमत) समूहको महासचिवमा धमेन्द्र बाँस्तोला ‘कञ्चन’ चयन भएका छन् ।
काठमाडौंमा आयोजित बहुमतको नवौँ महाधिवेशनबाट महासचिवमा कञ्चन चयन भएका हुन् ।
उक्त महाधिवेशनबाट बहुमत समूहले कञ्चनको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
महाधिवेशनमा महासचिव कञ्चलनले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
गत साउन १ गते नेत्रविविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएपछि बनेको बहुमत समूहले नवौं महाधिवेशन सम्पन्न गरेको हो ।
महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस