Techie IT

कण्डम आयातमा वृद्धि: ६ महिनामा १२ करोडभन्दा बढी खर्च, राजस्व ४ हजार रुपैयाँ मात्र!

कण्डम आयातबाट जम्मा ४ हजार रुपैयाँ राजस्व संकलन


चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा कण्डमको आयातमा उल्लेखनीय वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुस महिनासम्म १ करोड ७७ लाख ४० हजार कण्डम नेपाल भित्रिएको छ, जसका लागि १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ विदेशमा खर्च भएको छ ।

नेपालले सबैभन्दा धेरै कण्डम भारतबाट आयात गरेको छ । भारतबाट मात्र १ करोड ५५ लाख ५० हजार ५९४ कण्डम आयात गरिएका छन्, जसमा ९ करोड ८७ लाख ९५ हजार रुपैयाँ खर्च भएको भन्सार तथ्यांकले देखाएको छ ।

ठूलो संख्याको कण्डम आयातले राज्य कोषमा भने नाममात्रको राजस्व संकलन भएको छ । यो अवधिमा कण्डम आयातबाट जम्मा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा कण्डमको आयात र खर्चमा भएको यस वृद्धि पछाडिको कारण जनचेतनाको वृद्धि, परिवार नियोजन र यौनजन्य रोगबाट जोगिन कण्डमप्रतिको जनचासोको वृद्धि हुनसक्छ ।

यसरी विदेशमा ठूलो रकम खर्च गरेर आयात गरिनुपर्ने अवस्थाले नेपालमा कण्डम उत्पादनको मात्रा र गुणस्तर बढाउनुपर्ने देखिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट