Techie IT
२०८२ वैशाख ८, सोमबार

त्रिवि कर्मचारीलाई कार्यालय समयमा टिकटक र अन्य सामाजिक सञ्जालमा रोक लगाउने तयारी


त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीले कार्यालय समयमा टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल चलाउन रोक लगाउने योजना अघि सारिएको छ। कार्यालय समयमा कर्मचारीहरू यी सञ्जालमा बढी व्यस्त हुने गुनासो बढेपछि त्रिविले यसलाई नियन्त्रण गर्न योजना बनाएको हो।

हाल यसबारे कुनै औपचारिक निर्णय नभए पनि त्रिवि रजिस्ट्रारको कार्यालयले छलफल अगाडि बढाएको छ। रजिस्ट्रार प्रा.डा. केदार रिजालले विभागीय प्रमुखहरूलाई बोलाएर सुझाव मागिएको र नियमनको विषयमा निर्णय हुन सक्ने बताएका छन्।

कार्यालय समयमा सेवाग्राहीप्रति उत्तरदायी र छिटो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालको प्रयोगलाई खाजा समयमा मात्र सीमित गर्ने विकल्पमा छलफल भइरहेको बताइएको छ।

 

 

#Tribhuvan_University



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट