रविका वकिलहरूले गर्न पाएनन् बहस, के हुन्छ भोलि ?
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी रवि बुधबार अदालतमा उपस्थित भएका थिए । बधबार नै बयान सकिएको थियो भने बिहीबारबाट थुनछेक बहस सुरु गरिएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको बिहीबार पालो नआएपछि शुक्रबार बहस गर्ने अदालतले बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस