Techie IT

उच्च विन्दुमा वायु प्रदूषण, २०० विद्यालय बन्द


वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । 

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरूले बिदा दिएका हुन् । 

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।

पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैंककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए ।

बिहीबार बिहानसम्म बैंकक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ । 

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्यांक पनि उपलब्ध छैन । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट