Techie IT

रवि लामिछानेविरुद्ध बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी रूपन्देही अदालतमा, थुनछेक बहस जारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अदालतमा बहस जारी छ ।

सहकारी ठगीमा पक्राउ परेका रविको बुधबार हाजिरी जमानीमा रिहा भए पनि बिहीबारबाट थुनछेक बहस सुरु भएको हो ।  

हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ । बिहीबारबाट कानुन व्यावसायीहरूले थुनछेक बहस गर्नेछन् । 

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । 

गत बैशाख ३ मा पहिलोपटक मुद्दा दायर भएपनि रविलाई भने पूरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । 

बिहीबारदेखि सुरु भएको थुनछेक बहसमा उपस्थित हुँदै सरकारी वकिलहरूले प्रतिवादीतर्फका अभियुक्त लामिछानेलाई हिरासतमै राख्नुपर्ने जिकिर गरेका हुन् । बिहीबारको बहसमा सरकारका तर्फबाट सरकारी वकिलहरू न्यायाधिवक्ता पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए । 

जारी बहसमा अहिले उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्दैछ्न् । जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्यस्तै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहित ९ जनाले बहस गर्ने तयारी भइरहेको छ । अधिवक्ताहरू थप हुन सक्ने पशुपति भण्डारीले बताए ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट