Techie IT

रावलसँग हात मिलाएकै निहुँमा विभागीय प्रमुखसहित ६ जना नेताहरू एमालेबाट निष्कासित


काठमाडौं । भातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग हात मिलाएकै निहुँमा विभागीय प्रमुखसहित ६ जनालाई एमालेले पार्टीबाट निष्काशन गरेको छ । 

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गर्दै पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जानकारी दिए । 

जसअनुसार जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

तर, जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहले अछाममा आयोजिक एक कार्यक्रममा भेट भएको अवस्थामा हात मिलाएको निहुँमा कारबाही गरेको बताए । 

आफूसहित ६ जनाले रावलसँग सार्वजनिक कार्यक्रममा भेट हुँदा हात मिलाएको र हुलहुज्जतमा कुनै संवाद नभएको समेत प्रष्ट पारे । पार्टी कारबाहीमा पुर्नभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा शाहले आफूहरूले छलफल गरेर निष्कर्षमा पुग्ने बताए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट