प्रचण्डको आँखामा राजनीतिक अवस्था असहज, भने– संघीयता र संविधान धरासायी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्था असहज बन्दै गएको बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् धरासायी बन्दै गएको बताएका हुन् ।
सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको उनले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए ।
आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिबारे जनतालाई केही अपिल गर्ने उनको भनाइ छ ।
त्यस्तै उनले वर्तमान सरकारको शासनशैलीले संघीयता र संविधान धरासायी परेको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस