Techie IT

आजको राशिफल, २०८१ माघ १० गते


आज विक्रम संवत २०८१ साल माघ १० गते, बिहीबार । ईश्वी सन् २०२५ जनवरी २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३५ मिनेटमा ।

रैवारप्रेसका लागि पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माया प्रेममा अविश्वास बढ्न सक्छ, जसले दाम्पत्य जीवनमा खटपट निम्त्याउन सक्छ । समय र परिस्थितिलाई बुझेर अघि नबढ्दा समस्या भोग्नुपर्ने सम्भावना छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । पढाइ-लेखाइमा ध्यान केन्द्रित गर्न नसक्दा अरुभन्दा पछि पर्ने डर छ । सवारी चलाउँदा वा प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । तर, व्यापार, उद्योग, र शेयर बजारमा गरिएको लगानीबाट लाभ लिने अवसर मिल्नेछ ।

वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
छोटो दूरीको अफिसियल यात्राको सम्भावना रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हात पार्न सकिनेछ । नयाँ जागिरको अवसर प्राप्त हुने, पदोन्नति हुने वा स्थानान्तरणको सम्भावना प्रबल छ । शेयर बजार, निर्माण सामग्री, खाद्यान्न, पहिरन र गरगहनाको व्यापारमा वृद्धि हुनेछ । आफन्त र परिवारसँगको सम्बन्ध अझ बलियो हुनेछ । प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ । ऋण, रोग, र शत्रुबाट छुटकारा पाइने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । विभिन्न अवसरहरूको सदुपयोग गरेर मनग्य धन र सम्पत्ति आर्जन गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल हुनेछन् भने साथीहरूको सहयोगले काम सजिलो हुनेछ । पढाइ-लेखाइमा सुधार हुनेछ । भौतिक सम्पत्तिको प्रयोगले मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हू, हे, हो, डा, डि, डु, डे, डो)
समाजसेवामा सक्रिय हुँदा ध्यान दिनुहोला, पदको दुरुपयोगले प्रतिष्ठामा दाग लाग्न सक्छ । अध्ययनमा समय दिए पनि परिणाम प्राप्त गर्न केही समय लाग्न सक्छ । घरायसी समस्याका कारण आर्थिक संकट व्यहोर्नुपर्न सक्छ । आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तर, कृषि र पशुपालन व्यवसायबाट भने राम्रो आम्दानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अर्थ उपार्जनका विभिन्न स्रोतहरू खुल्नेछन् । परिवारसँग समय बिताउने र स्वादिष्ट भोजनको आनन्द लिने मौका मिल्नेछ । व्यापार, उद्योग र शेयर बजारबाट राम्रो फाइदा हुने समय छ । छोटो व्यवसायिक यात्रा रमाइलो हुनेछ । प्रियजनको साथले मन प्रशन्न हुनेछ । विवादित विषयहरू तपाईंकै पक्षमा सुल्झिनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ । सहजै बोलेकै भरमा कामहरू सफल हुनेछन् । खोज र अनुसन्धानमा समय दिएर सकारात्मक नतिजा ल्याउन सकिनेछ । आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । घुमफिर र मनोरञ्जनमा समय व्यतीत हुनेछ। पारिवारिक वातावरण रमाइलो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासले गाह्रो कामसमेत सजिलै सम्पन्न हुनेछ । व्यवसाय र शेयर बजारमा लगानी बढाउँदा फाइदा हुने समय छ । न्यायालयका मुद्दाहरू तपाईंकै पक्षमा आउनेछन् । पढाइ-लेखाइमा प्रगति हुनेछ । प्रेम सम्बन्धमा सकारात्मकता देखिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तयारीबिना काम सुरु गर्दा समस्यामा पर्न सकिन्छ । प्रेम सम्बन्धका लागि समय राम्रो छैन । परिवारमा असमझदारी बढ्न सक्छ । तर, विदेश यात्रा र विदेशी व्यापारमा लाभ हुनेछ । कामको सिलसिलामा लामो दूरीको शैक्षिक यात्रा गर्ने सम्भावना छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
व्यवसाय र शेयर बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ । दाजुभाइ र आफन्तको सहयोगले नयाँ अवसरहरूको सिर्जना हुनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ । पढाइमा सुधार हुनेछ। इच्छाहरू पूरा हुने समय छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
पढाइ-लेखाइमा उत्कृष्ट सफलता मिल्नेछ । कृषि, पशुपालन व्यवसाय र प्राविधिक शिक्षामा प्रगति हुनेछ । नविन सोचले व्यवसायलाई विस्तार गर्न सकिनेछ । राजनीतिमा जनताको समर्थन प्राप्त हुनेछ । कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक काममा प्रतिष्ठा कमाउन सकिनेछ । पढाइ-लेखाइमा सुधार हुनेछ । आफन्तलाई खुशी पार्न सकिनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । व्यापार र आर्थिक क्षेत्रमा नाफा हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
कडा मेहनत नगरेसम्म पढाइ-लेखाइमा सुधार आउँदैन । व्यवसायमा समय दिन नसक्दा आम्दानी घट्न सक्छ । दिदीबहिनी र आफन्तसँग सामान्य विवाद हुने सम्भावना छ । सवारी साधन प्रयोग गर्दा विशेष ध्यान दिनुहोला । प्रेम सम्बन्धमा दूरी बढ्नाले मन खिन्न हुन सक्छ  ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट