विद्यार्थी राजनीतिमा जेन जेडलाई समावेश गर्न नयाँ संकल्प आवश्यक – नेता, महेन्द्र चन्द (भिडियो सहित)
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नेता महेन्द्र चन्दले अहिलेको विद्यार्थी राजनीतिको शैलीनै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
रैवारप्रेससँगको अन्तर्वार्ता नेता चन्दले वर्तमान बदलिँदो शिक्षामा आएको प्रविधिको विकास सँगसँगै विद्यार्थी राजनीति पनि समयानुसार परिवर्तन हुनुपर्ने बताएका छन् । नयाँ पुस्ताहरूमा राजनीतिक दल, विद्यार्थी संगठनहरु पुग्न नसकेको र जेन जेडलाई अखिल (क्रान्तिकारी)मा समावेश गर्न विशेष प्लान ल्याउनुपर्ने नेता चन्दको धारणा छ ।
समाज परिवर्तनको प्रमुख हिस्साका रुपमा स्थापित विद्यार्थी राजनीतिमा नयाँ युवाहरू र विभिन्न क्षमावान् युवाहरूलाई आकर्षण गर्नु अहिलेका संगठनहरुको चुनौती रहेको उनले बताए ।
बढ्दो बेरोजगारी र समाजमा व्याप्त निराशा लाई चिर्नका लागी विद्यार्थी स्वरोजगार अभियान, रोजगार बैंक र विश्वविद्यालयमा एनक्युबेसन सेन्टर स्थापना गरेर केही हद सम्म बेरोजगारी घटाएर विद्यार्थी राजनीति लाई परिष्कृत गर्दै अखिल (क्रन्तिकारी) लाई बलियो बनाउन सकिने उनको प्लान रहेको बताएका छन् ।
विस्तृतमा तलको भिडियोमा..
तपाईको प्रतिक्रिया दिनुहोस