Techie IT
२०८२ वैशाख ९, मंगलबार

भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन चलाउँछौँ: प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ पारेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनलाई अघि बढाउने योजना बनाइरहेको बताएका छन्।

सिरहाको कर्जन्हा नगरपालिकामा पार्टी कार्यकर्ता र स्थानीयबासीसँगको भेटमा उनले यस उद्देश्यका लागि देशव्यापी बैठक र छलफलमा जुटिरहेको जानकारी दिए।

मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिन सिरहा पुगेका अध्यक्ष प्रचण्डले मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको भन्दै जनतालाई सँग लिएर भ्रष्टाचारी र माफियाविरुद्ध व्यापक आन्दोलन गर्ने योजना बनाएको बताए। 

भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकारले नै परिवर्तनको खेल खेल्यो,’ उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरोधी अभियान सुरु गरेका थियौँ जसले भूमाफियाहरूलाई आत्ताएको थियो।’ 

मिटरब्याज र अन्य बेथितिहरूविरुद्ध सङ्घर्ष गरिरहेका बेला दलाल, सामन्तवाद र भूमाफियाहरूले आतंकित भएको र आफूले भ्रष्टाचारविरुद्ध लड्न गरेको प्रयासलाई सफलताको रूपमा मूल्यांकन गरे।

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेलाई भ्रष्टाचारीहरूको समर्थनमा आरोप लगाउँदै, आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध लड्नका लागि सरकारमा रहँदा गरेको संघर्षलाई विजयी कमान्डरको रूपमा हेरिएको उल्लेख गरे। 

‘अब हामी पार्टीलाई सुदृढ पारेर देशभरि पुनर्गठन गर्दै बलियो पार्टी बनाउनेछौँ र भ्रष्टाचारविरुद्ध जनस्तरमा आन्दोलन सिर्जना गर्ने सोचमा छौँ,’ उनले थपे।

मधेशी जनसमुदायको गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक एजेन्डाप्रति विश्वासको सम्मान गर्दै पार्टी संगठन र नेतृत्वलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। 

अध्यक्ष प्रचण्डले मधेशमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप गर्नका लागि मधेश प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। 

आज बिहान उनले गोलबजार र मिर्चैया क्षेत्रका पार्टी कार्यकर्ता र स्थानीयबासीसँग छलफल गरेका छन्। हिजो साँझदेखि सप्तरी हुँदै मधेशमा प्रवेश गरेका अध्यक्ष प्रचण्ड आज र भोलि पनि मधेशमै रहनेछन्।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट